काठमाडौं । देशमा रोजगार पाएन बेरोजगारी भएर बस्नुपर्यो भन्दै विदेशीने युवाहरुका लागि मिहेनत गरे आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आशाको किरण हुन खोटाङ घर भएका एलिन्द्र राई ।
उमेरले भरखरै २३ वर्ष प्रवेश गर्दै छन् । नेपालमै ब्याजलर दोस्रो वर्षमा पढने उनले लोकल कुखुरा पालन गर्दछ भन्दा आश्चर्य लाग्न सक्छ । उनलाई वाहिर जाने अवसर पनि न आएको हैन । उनी कलेज पढन जान भ्याउँदैन्न तर कलेज भने छुटाएका छैन्न । उनी विहान ५ बजेनै उठछन् र कुखुराकै स्याहार सुसारमा व्यस्त हुने गर्छन ।
५ वर्ष अघि २ रोपनी जग्गामा १ सय कुखुरा राखेर २ लाखबाट सुरु गरेको कुखुरा फार्ममा अहिले करिब २५०० सय कुखुरा छन । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, कलेज जाने, स्याहार गर्ने, चल्ला र अण्डा टिपेर व्यवस्थापनमै उनको दिन बित्दै आएको छ ।
लगानी फस्नेपो होकी भन्ने दोधारै दोधारमा सुरु गरेको लोकल कुखुरा व्यवसायमा सोचेको भन्दा बढि आम्दानी हुन थालेपछि ऐलेन्द्र अहिले दंग छन् । लोकल कुखुराको बजार मुल्य एक किलोको ७ सय पर्छ ।
बोइलर कुखुरा जस्तो धेरै स्याहार सुसार गर्नु नपर्ने । विहान र वेलुका दानापानी राखिदिए पुग्ने भएकाले लोकल कुखुरा पाल्न सजिलो हुने राईले अनुभव छ । तर विद्युतको प्रयोग गरि अण्डाबाट चल्ला निकाल्ने भएका कारण केही व्यक्तीहरुले भने स्वाद फरक हुनेपो होकी भन्ने शंका गर्ने गरेको राईले बताए ।
‘व्यवासायीक रुपमा लोकल कुखुरा पालन गरिसकेपछि विद्युत प्रयोग गरि चल्ला निकाल्नुपर्ने हुन्छ । मैले ५ रुपौयाँमा चल्ला निकाल्ने गर्छु । जात लोकल हो । लोकल दानापानी खुवाउने हो सबै लोकल नै भएपछि स्वाद पनि लोकल नै हुन्छ । नयाँ प्रविधि अपनाएको मात्र हो । ’ उनले भने ।
राईको फार्ममा दैनिक २० किरेड अण्डा र ५ हाजार चल्ला उत्पादन भइरहेको छ । त्यसबाट हप्तामा ५ हजार चल्ला उत्पादन हुने गर्छ । र त्यसलाई प्रतिचल्ला पोथि ३० र भाले ९० का दरले बिक्री हुँदै आएको छ । एउटा लोकल कुखुराले ८ नै महिना सम्म अण्डा दिने उनले बताए ।
‘बोइल कुखुरामा भन्दा लोकल कुखुरामा प्राटिन बढी हुने, चिल्लो नहुने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकोले बजारमा यसको माग धेरै छ । उनले लोकल कुखुराको चल्ला ५० जिल्लामा विस्तार गर्दै आएका छु अब भने भावि दिनमा ७७ वटौ जिल्लामा विस्तार गर्ने योजनमा छु । ’ उनले भने, ‘पहिलो पटक २ लाख रुपौयाँको लगानि गरि कुखुरा व्यवसाय सञ्चालमा ल्याएको हु । अहिले मासिक करिब २ लाख नै कमाउँछु ।’
व्यक्तिगत सम्बन्धदेखि सामाजिक सञ्जालमार्फत लोकल कुखुराको अण्डादेखि कुखुरासम्मको बिक्री गर्दै आएको राईले बताए ।
ऐलेन्द्रले व्यवसायको बारेमा बोल्दै भने, ‘गर्छु भेनेर लागेपछि किन पछि हट्नु अर्काको देशमा मरिमेट्नु भन्दा जति हुन्छ, जे हुन्छ, म यहि गर्छु, सँगैका साथी विदेशमा डलर छाप्छन्, म नेपाली रुपौयाँमा रमाउँन खोज्दै छु । त्यसैले विदेशमा गएर ३० देखि ४० हजारको काम गर्नु भन्दा स्वदेशमै व्यवसाय गर्दै आएको छु । विदेशमापनि काम गर्न सजिलो हुदैँ न । आट हुनु पर्छ । त्यो आट नेपालमा देखाए मनग्य आम्दानी गर्ने सकिन्छ । ’
ऐलेन्द्र कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर उनले व्यवसाय सुरु गरेका उनले अण्डा उत्पादनका साथै चल्ला बिक्री वितरण गर्ने उद्देश्यले सो व्यवसाय थालनी गरेको बताए ।
उनको २ वटा कुखुरा फार्म छ । अहिले फार्ममा करिब २५०० वटा कुखुरा रहेको छ । ५ वर्ष अगाडि ५०० वटा चल्ला लिएर व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए ।
सरकारले युवा व्यवसायीलाई प्रोत्साहन गर्न भन्दै विभिन्न युवा लक्षित कार्यक्रम ल्याएपनि कार्यन्वयनमा आउन नसकेको गुनासो गरे । बैंकहरुले ऋण नपत्याउने, धितो राख्न पर्ने, ऋण दिन आलटाल गर्ने जस्ता समस्याहरु रहेको राईको भनाई छ ।
राई जस्तै अन्य युवाहरु प्नि देशमै केही गर्र्छु भन्ने मानसिकता बोकेर हिडिरहेका हुन्छन् । तर सरकाले त्यस्ता युवालाई प्रोत्साहन गर्न नसक्दा युवाहरु विदेश पलायन भई रहेका छन् ।
FACEBOOK COMMENTS