कालीकोट । जिल्ला प्रशासन कार्यालय, कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीका अनुसार कालीकोटका विकट ढाउँहरुमा आयोडिन युक्त नुनको अभाब नरहेको बताएका छन् ।
बर्षिक रुपमा ३५ सय कुईन्टल नुन आएकोमा प्रसासन संग अझै पनि ७ सय ७० कुईन्टल नुन मौजाद रहेको बताए । माझीका अनुसार आगामी बर्ष अझ वितरणलाई प्रभाबकारी बनाउन पालिका र गाविस स्तर बाटनै वितरण गर्ने योजना रहेको बताए ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले पनि कर्णाली लगायतका दुर्गम क्षेत्रमा आयोडिन नुनको अभाव नरहेको जनाएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले आयोडिन नुनको अभाव भन्ने खबरमा कुनै सत्याता नरहेको बताएका छन् । उनले साल्ट ट्रेडिङ्गले समयमै नागरिकहरुलाई नुन उपलब्ध गराउँदै आएको बताए ।
नेपाल सरकारले २२ वटा जिल्लाहरुमा कोटा तोकेर नुन उपलब्ध गराउँदै आइरहेको छ । सोहि अनुसार सम्पुर्ण क्षेत्रमा नुन उपलब्ध रहेको उनको भनाइ छ ।
उनले भर्ने कर्णाली लगायतका दुर्गम क्षेत्रहरुमा पठाइने नुन सरकारले कोटा छुट्याए पछि साल्ट ट्रेडिङले ढुवानी गराउने गर्दछ । त्यस्तै नुनको वितरण पनि साल्ट ट्रेडिङ् आफैले नगरी सो क्षेत्रका सिडियोबाट प्रमाणिकरण गरेर कोटा तोकेर प्रति परिवार वितरण गर्ने गरिन्छ ।
त्यस्तै कहिले कतिपय अवस्थामा टाढाबाट आएका मानिसहरुले अलि बढि नुन माग्दा नपुगेको खण्डमा चित्त बुुझाउन समस्या हुने गरेको उनको भनाइ छ । अन्याथा कुनै पनि समयमा नुन अपुग भएमा थप नुन मगाएर वितरण गरिने गरेको प्रवक्ता राजभण्डारीको भनाइ छ ।
FACEBOOK COMMENTS