काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत रहँदै आएको थियो ।
नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ । यसले समग्र ब्याज घटाउन बैंकहरूलाई दवाव पुग्ने अनुमान छ । त्यस्तै हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाह गर्दा लिने दर नै बैंकदर हो । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ ।
यो हेर्नुहोस् सार्वजनिक मौद्रिक निति
Monetary-Policy_2080-81
FACEBOOK COMMENTS