काठमाडौं । अपि पावर कम्पनीले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयरमा असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् ।
सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रद सेयरमा सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS