काठमाडौं, माघ १३- गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
सोमबार बिहान राउत परिवारका सदस्यसहित महानगरीय प्रहरी परिषर काठमाडौँ, टेकुम उपस्थित भएकी थिइन् । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत प्रशासनमा अनुरोध गरेसँगै ४ दिन म्याद थपिएको हो ।
विमानस्थलमा जाँचका क्रममा यही माघ १ गते ड्युटीमा रहेको प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध उजुरी दिएकी थिइन्।
विमानस्थलमा महिला प्रहरीसँग भनाभन गरेको भिडियोसमेत सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुर्व्यवहारको मुद्दा दायर गरेको हो । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि प्रहरीले गएको माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
FACEBOOK COMMENTS