काठमाडौं । नेपाल एसबीआई बैंकले पुस १३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा बैंकले ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.८० प्रतिशत नगदसहित १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभामा पेश हुनेछ । बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ ।
मंसिर २८ गतेसम्म कायम रहने सेयरधनीले बैंकले तोकेको लाभांश पाउन सक्नेछन् । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ ।
FACEBOOK COMMENTS