काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीमाथि भएको आक्रमणको तथ्य नबुझी भ्रम फैलाएको प्रति ध्यानकर्षण गराएका छन् ।
उनले आज अध्यक्ष ओलीमाथि भएको आक्रमण मादक पदार्थ सेवनबाट उत्तेजित बनेका एक व्यक्तिले गरेको बताएका हुन् ।
उनले भने, ‘अध्यक्ष ओलीमाथि भएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानकर्षण भएको छ । तथ्य नबुझी अनर्गल प्रचार नगर्न अनुरोध गर्दछु । ’
मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको थियो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का प्रहार गरेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीमाथि मुक्का प्रहार
FACEBOOK COMMENTS