काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमाण्डूले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै ‘न्यू इयर फिस्ट’ अफर ल्याएको छ ।
अफरअन्तर्गत काठमाडौँका ४० वटा भन्दा बढी रेस्टुरेन्टहरूको पूरै मेनुमा ३०% सम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकहरुले हरेक दिन फरक–फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन् । उक्त भौचर कोड फूडमाण्डूको एप र फूडमाण्डूको फेसबुक पेजमार्फत प्राप्त गर्न सकिने छ ।
आगामी माघ १७ गतेसम्म लागू हुने यो अफरबाट लाभ लिनका लागि फूडमाण्डूुको वेबसाइट वा फूडमाण्डूको एपमार्फत फूड अर्डर गर्न पर्नेछ ।
FACEBOOK COMMENTS