काठमाडौँ । नेपाल विज्ञापन संघको २४औ वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् ।
संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छ । संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन ।
संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ । सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ ।
यस्तो बन्यो कार्यसमिति
१ अध्यक्ष सुदिप थापा
२ प्रथम उपाध्यक्ष उजय शाक्य
३ द्धितिय उपाध्यक्ष पकज लाल प्रधान
४ महासचिव कृष्ण प्रसाद घिमिरे
५ कोषाध्यक्ष साजन श्रेष्ठ
६ सचिव सन्तोष खड्का
७ अरुणकाजी स्थापित
८ रोशन रेग्मि, आरसि
९ सन्तोष सिलवाल गिरी,
१० दिपेन्द्र पौडेल,
११ विधान राजभण्डारी,
१२ रोशन पौडेल,
१३ मनिस अधिकारी,
१४ प्रभात रिमाल
FACEBOOK COMMENTS