काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलसम्बन्धी विवादको छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष गिरिशचन्द्र लालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका आयोगका अध्यक्ष लालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ लिएका हुन् ।
शपथ लिएसँगै आयोगको कार्यकाल सुरु भएको छ । बाँकी सदस्यलाई अध्यक्षले नै शपथ ग्रहण गराउने छन् ।
FACEBOOK COMMENTS