![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना पुससम्म निर्जीवन लघु बीमकहरुले साढे ४ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार ३ वटा निर्जीवन लघुबीमा कम्पनीहरुले पुसम्म २० हजार ३७३ वटा बीमालेख जारी गर्दै ४ करोड ५० लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । यो लघु बीमकले २ करोड ३७ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले पुससम्म १३ हजार ९२२ बीमालेख जारी गरेको छ ।
यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले १ करोड ६५ लाख २२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीको पुससम्म जारी बीमालेख संख्या ३ हजार ७६३ रहेको छ ।
उता स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पुससम्म २ हजार ६८८ बीमालेख जारी गर्दै ४७ लाख ८८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
FACEBOOK COMMENTS