काठमाडौं । एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज साँझ प्रतिवेदन बुझाएको छ ।
समिति गठन भएको डेढ महिनापछि समितिका संयोजक टङ्कमणि शर्मा सहितको टोलीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । सरकारले मंसिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बिक्री गरेको थियो । एनसेलको सेयर खरिद–बिक्री भएपछि छानबिन गर्न माग भएपछि सरकारले समिति गठन गरेको थियो ।
समितिमा सरकारका सचिव फणीन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए ।
FACEBOOK COMMENTS