झापा । शिवसताक्षी नगरपालिकाको बालसेवा आधारभूत विद्यालयका शिक्षकले विद्यालयका लागि बस खरिदका लागि एक महिनाको तलब सहयोग गरेका छन् ।
शिवसताक्षी नगरपालिका–७ मा रहेका विद्यालयका भूपू विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा बस खरिद गर्नका लागि अभियान सुरु गरेको थियो । अभियानलाई सफल पार्नका लागि सबै शिक्षकले एक महिनाको रकम एकमुष्ट चार लाख ४० हजार आठ सय १६ नगद रकम विद्यालयलाई प्रदान गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले विद्यालयलाई बस आवश्यक भएको हुँदा शिक्षकबाटै रकम सङ्कलन गर्न सुरु गरिएको बताए । अभियानलाई अभिभावक, समाजसेवीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बस खरिद गरी आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।
FACEBOOK COMMENTS