काठमाडौं, फागुन २० – त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा।डा। प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा। पवनराज चालिसे, डा उत्तम शर्मा, डा। दिव्यासिंह शाह र डा। सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ ।
प्रत्यारोपण पछि ५–६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । उनले भने, ‘कुनै पनि अप्रेसन गर्न केही पूर्वतयारी गर्नुपर्छ । तयारीका लागि प्रधानमन्त्री सोमबार भर्ना हुनुभएको हो ।’
डा। खड्गाका अनुसार तीनदेखि चार घण्टामा प्रत्यारोपण सकिनेछ । अन्य कुनै समस्या आएमा तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा।डा। अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा।डा। रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा.डा जगदीशप्रसाद अग्रवाल तयारी अवस्थामा रहने बताइएको छ ।
सातामा बुधबार दुई वटा मात्रै मिर्गौला प्रत्यारोपण हुने गरेको त्रिवि शिक्षण अस्पतालमा यो बुधबार प्रधानमन्त्री ओलीको मात्रै प्रत्यारोपण गर्ने अस्पतालको तयारी छ । हालसम्म त्रिवि शिक्षण अस्पतालमा ८ सय वटा मिर्गौला प्रत्यारोपण भइसकेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS