काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार सेयर बजार परिसूचक नेप्सेमा १३ दशमलव ५१ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ३० दशमलव ५५ विन्दुमा पुगेको छ । आज ३ सय ९ कम्पनीको ८९ लाख २९ हजार १ सय ५२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ६७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ५३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ७१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ५४ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS