काठमाडौं- पूजा शर्मा नेपाली चलचित्र क्षेत्रको लागि परिचित नाम हो । चलचित्र ‘थ्री लभर्स’मा अतिथि भूमिका निर्वाह गर्दै नेपाली रजतपथमा पाइला टेकेकि पूजाले प्रेमगीत जस्तो सुपरहिट चलचित्र गरिसकेकी छिन् । आधा दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी पुजाको ‘म यस्तो गीत गाउँछु – २’ प्रदर्शनको तयारी रहेको छ । यस चलचित्रमा उनको साथमा देखिएका छन् नायम पल शाह । मोडलिङबाट चलचित्र क्षेत्रमा पाइला राखेका नायक हुन् पल शाह । कमल खत्रीको ‘हनी बनी’ हिट भएपछि दर्शकको नजरमा परेका पल छोटो समयमा नै आफुलाई यसक्षेत्रमा स्थापित गराउन सफल भए । पलको फिल्म यात्रा भने ‘नाइँ नभन्नू ल– ४’बाट सुरु भएको थियो ।
यहि दुईको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु- २’ प्रदर्शनको तयारीमा रहेको छ । ‘बाघी ३’ का कारण फागुन ३० मा सारिएको चलचित्र यो मितीमा पनि पनि प्रदर्शन नहुने भएको छ। चीनबाट फैलिएको कोरोना भाइरसको त्रासका कारण दर्शक हल सम्म जान छाडेपछि चलचित्र निर्माण पक्षले प्रदर्शन हाललाई स्थगित गरेको छ । शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै फिल्म फागुन ३० गतेबाट प्रदर्शनमा नआउने जानकारी गराएको हो । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि फिल्मको प्रदर्शन रोकिएको विज्ञप्तीमा उल्लेख छ । नजिकिएको होली पर्वको अवसर पारेर कर्पोरेट खबरले यस चलचित्रकी नायिका पूजा शर्मासँग गरेको छोटो कुराकानी
हाल केमा व्यस्त हुनुहुन्छ ?
अहिले सम्म म यस्तो गीत गाउँछु २ को प्रमोशनमा व्यस्थ थिए , तर कोरोना भाइरसका कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको छ । अब अर्को चलचित्रको सुटिङमा जान्छु ।
चलचित्र निर्माण पक्षले विज्ञप्ती नै जारी गरी प्रदर्शन हाललाई स्थगित गरेको छ, कहिले सम्म प्रदर्शनमा आउँछ त चलचित्र ?
यस बारे मलाई पनि जानकारी छैन् । कोरोना भाइरसको त्रास कम भएपछि मात्र चलचित्र प्रदर्शनमा जान्छ होला । दर्शक नै हल सम्म नगएपछि चलचित्र प्रदर्शनमा ल्याएर मात्र त भएन् । त्यसैले अहिले केहि भन्न सक्ने अवस्था छैन् ।
भोली त होली पनि हो , तपाईकोहोली मनाउने योजना कस्तो छ त ?
म होली सामान्य तरीकाले नै मनाउँछु । अन्य चार्ड जस्तो होली त्यति मनाउँदिन पनि । सामान्य रुपले परिवारसँग बसेर मनाउँछु । अहिले त प्रशासनले पनि भिडभाडमा नजान आग्रह गरेको छ त्यसैले होलीमा आयोजना हुने कुनै पनि कार्यक्रममा समावेश हुन्न । परिवारसँगै बसेर मनाउने योजनामा छुँ ।
होली आएपछि सम्झना आउँने बाल्यकालका केहि घटनाहरु छन ?
मलाई त्यति धेरै होली मन पर्दैन र म त्यति धेरै खेल्दा पनि खेल्दिन । त्यसैले सम्झन लायक त्यस्ता कुनै घटना छैन् ।
हाल प्रेम सम्बन्धमा हुनुहुन्छ् ?
म अहिले प्रेम सम्बन्धमा छैन । मेरो सम्पूर्ण ध्यान नै आफ्नो काममा छ ।
FACEBOOK COMMENTS