काठमाडौं । विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक अब शून्य प्रतिशत ब्याजमै पाइने भएको छ ।
नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ्गले नयाँ वर्ष २०८१ का लागि विषेश फाइनान्स योजना ल्याउँदै शून्य प्रतिशत ब्याजमा बाइक उपलब्ध गराउने भएको हो ।
योजनाअन्तर्गत १८० सीसी बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ । साथै अरु मोडलहरुका बाइकहरुमा विशेष छुटको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले मोडल हेरी रू. १५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको छुट सुविधा ल्याएको र यो अद्भूत अवसरको सदुपयोग गरी उत्कृष्ट इटालियन डिजÞाइन, शक्तिशाली इन्जिन र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न आग्रह गरेको छ ।
पछिल्लो समय बेनेलीका बाइक तथा स्कुटरहरू नेपालका धेरै युवाहरुको रोजाइ बन्न पुगेको छ । बजारको मागलाई ध्यानमा राखी केटीएम इन्टरनेशनलले सन् २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले १२५ सीसीदेखि ७५० सीसीसम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्रीवितरण गर्दै आएको छ ।
तेस्रो मुलुकबाट आयात भए पनि सधैं गुणस्तरीय सर्भिस तथा सजिलै बाइकका पार्टपूर्जा पाइँदैन भन्ने भ्रमलाई गलत साबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको केटीएम इन्टरनेशनलले नयाँ वर्ष २०८१ का लागि विषेश फाइनान्स योजना ल्याएको जनाएको छ ।
FACEBOOK COMMENTS