काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तेजराज तिमल्सिनालाई कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘बेष्ट फाइनान्स अफ द इयर’का रूपमा ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरेको हो ।
वि.स. २०३० साल पुस ५ गते ललितपुरमा जन्मिएका तेजराज तिमल्सिना हाल मञ्जुश्री फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । २०५१ सालमा तत्कालीन रुरल डेभलपमेन्ट बैंकमा एसिस्टेनका रूपमा काम गर्दै बैंक तथा वित्तीय क्षेत्रको यात्रा सुरू गरेका उनले त्यसबीचमा मालिका विकास बैंक, लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल), सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक र रिलायन्स फाइनान्स लिमिटेडको विभिन्न जिम्मेवारीमा रहेर काम गरी थुप्रै अनुभवहरू बटुलेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीएस उत्तीर्ण उनी २०८० वैशाखमा उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को जिम्मेवारी लिएर मञ्जुश्री फाइनान्समा प्रवेश गरेका थिए । त्यसपछि गत माघ ५ गते कम्पनी सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरेको हो । यस्तै, उनले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा दुई वर्ष सञ्चालक समिति सदस्य भएर पनि काम गरेका थिए ।
‘फाइनान्सियल एनालाइसिस एण्ड स्ट्रयाटिजिक प्लानिङ’, ‘प्रोजेक्ट अप्रेजल’, ‘म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम’, ‘एक्सिलेन्सी इन सुपरभाइजर स्किल’, ‘लिडरसिप फर ब्राञ्च एक्सिलेन्सी’, ‘रिटेल रिभोलुसन एण्ड ब्राञ्च ट्रान्सफर्मेसन, २०१८’ र ‘कर्पोरेट गभर्नेन्स फर बोर्ड एण्ड सिनियर एक्जुकेटिभ, २०१९’ जस्ता तालिम लिएर आफूलाई व्यावसायिक निखारता ल्याउन सफल सीईओ तिमल्सिना बैंकिङ सफ्टवेयरहरूमा पनि राम्रो दख्खल राख्दछन् ।
म्यानेजमेन्ट एसोसिएशन अफ नेपाल (एमएएन) को सदस्य रहेका उनी ‘ख’ वर्गको अडिटर्स समेत हुन् ।
FACEBOOK COMMENTS