काठमाडौं,चैत ५ – सरकारले भोली चैत्र ६ गतेदेखि सुरु हुने एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सरकारले कोरोेना संक्रमणको जोखिमबाट विद्यार्थीलाई बचाउन अन्तिम समयमा आएर परिक्षा रोक्ने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । तर नेकपाको सचिवालय समितिको बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि एसईई स्थगित भएको उच्च स्तरीय समिति संयोजक पोखरेलले जानकारी दिए ।
सरकारले परीक्षाको लागि अर्को सूचना प्रकाशन गरेर जानकारी दिने बताएको छ ।
FACEBOOK COMMENTS