काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थिक र व्यापारिक क्षेत्रमा सहकार्यको समझदारी भएको छ ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिजो शनिबार नेपाल र इण्डियाका चेम्बर अफ कमर्सबीच दुई पक्षीय लगानी एवम् व्यापार सहजीकरणबारे छलफल भएको हो ।
नेपाल चेम्बर अफ कमर्सको निमन्त्रणमा इण्डियन चेम्बर र मिलेनियल चेम्बर अफ कमर्सका पदाधिकारीहरू एवम् व्यवसायिक प्रतिनिधिमण्डल नेपाल आएका हुन् । दुवै चेम्बरका पदाधिकारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जमलस्थित चेम्बर भवनमा स्वागत गरेका थिए ।
अन्तर्राष्ट्रिय लगानी सम्मेलनअघि दुवै देशका चेम्बर पदाधिकारीहरूबीच नेपालमा लगानीको वातावरण, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मूल्य, प्रतिफलको सुनिश्चिततालगायत कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए ।
अध्यक्ष अग्रवालले भने, ‘दुई मुलुकबीचको आर्थिक सम्वन्ध र अर्थतन्त्रका विभिन्न आयममा छलफलमा लागि आजको कार्यक्रम विशेष छ, भन्ने मैले ठानेको छु । हामी निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले नेपाल भारत आर्थिक सम्वन्ध हाम्रो मुख्य चासो हो ।’ नेपालबाट निर्यात जन्य बस्तुहरूको उत्पादन वृद्धि, भन्सार सहजीकरण, जस्ता विषयमा भारतीय निजी क्षेत्रसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए ।
अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत्, प्राकृतिक श्रोत, साना तथा मध्यमखाले उद्योगमा लगानीको प्रसस्त सम्भावना रहेकोमा जोड दिए । चेम्बरसँगको छलफलमा इण्डियन चेम्बर अफ कमर्सका पदाधिकारीले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आमन्त्रण गरेकोमा चेम्बरलाई धन्यवाद दिएका थिए ।
चेम्बर अफ कमर्ससँग मिलेर नेपालमा लगानी गर्न आफूहरू इच्छुक रहेको र सहजीकरणका लागि आग्रह गरेका थिए । खासगरी ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानीका लागि आफुहरू इच्छुक रहेको मिलेनियल चेम्बरका अध्यक्ष अनिल त्रिगुनायतले बताए ।
नेपालको व्यापार तथा लगानी प्रवर्द्धन गर्न एफएनसीसीआई र मलेसिया चेम्बरले सहकार्य गर्ने
FACEBOOK COMMENTS