काठमाडौं,चैत ६- सरकारले विद्युत, पानी, यातायात, मालपोत कार्यालयमा तिर्नुपर्ने महशुल एक महिना ढिला भए जरीवाना नलिने निर्णय गरेको छ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न पानी र विद्युतको महशुल तिर्ने स्थान भीडभाड हुने भएकाले जरिबाना मिनाहा गर्ने निर्णय गरेको छ। बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिएको थियो।
गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS