काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ ।
मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्र्दभमा आज शुभकामना सन्देशमार्फत चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ ।
श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिँदै चेम्बरले नेपालको संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई पनि मौलिक हकका रुपमा व्याख्या गरेको र चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आएको बताएको छ ।
श्रम सम्बन्धी ऐन नियमहरुमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्वन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवम् समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ । चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेको छ ।
चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवामा श्रमिको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जुरुरी छ ।’ सरकार, निजी क्षेत्र र श्रमिक वर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवम् उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।
FACEBOOK COMMENTS