एजेन्सी
एजेन्सी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ४६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।
अमेरिकामा ६ लाख ७८ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३४ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार १७४ जनाको मृत्यु भएको थियो ।
दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको संख्या एक लाख ६८ हजार ५०० नाघेको छ । स्पेनमा भने १९ भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८४ हजार ५०० नाघेको छ ।
FACEBOOK COMMENTS