काठमाडौं, बैशाख १० – गृह मन्त्रालयलले १९ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको हो ।
गृह मन्त्रालयका अनुसार एसपीबाट एसएसपीमा बढुवाका लागि सिफारिस हुनेमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल र अशोक सिंह सुदिप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङलाई एसएसपीमा सिफारिस गरिएको हो ।
FACEBOOK COMMENTS