काठमाडौं, बैशाख १०- कोभिड १९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइलफोन इम्पोर्टर्स एशोशिएसनले महानगरीय ट्राफिकप्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ ।
सिहंदरबार बग्गीखाना स्थित ट्राफिकप्रहरीको कार्यालयमा आयोजित समारोहमा एशोशिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठउपरीक्षक भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष दिपककुमार मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।
FACEBOOK COMMENTS