काठमाडौं । पाँचौं ‘खुला मिस्टर काठमाडौं शारीरिक सुगठन’ प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।
शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा राई विजेता भएका थिए ।
उनको बुधबार बिहान निधन भएको प्रहरीले जनाएको छ ।
मोरङकाे पथरी शनिश्चरे नगरपालिका-१ घर भएका उनी ‘फोनिक्स फिटशाला’ बाट सहभागी हुन काठमाडौं आएका थिए ।
त्यसका लागि उनी टोखा नगरपालिका-६ स्थित ग्रीनल्याण्ड होटलमा बस्दै आएका थिए । बुधबार बिहान ६ बजेतिर उनी एक्कासि लडेका थिए ।
उनलाई तत्कालै नजिकैको ग्राण्डी अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
FACEBOOK COMMENTS