काठमाडौं । प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ ।
बलात्कारसम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो ।
एक प्रहरी उच्चाधिकारीका अनुसार थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको हो । उनीमिाथि छानबिनका लागि समिति पनि गठन भइसकेको छ ।
इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रूपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।
FACEBOOK COMMENTS