काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो ।
राष्ट्रपति कार्यालयले उनको आजै शपथको कार्यक्रम तय भएको जनाएको छ ।
FACEBOOK COMMENTS