काठमाडौं, बैशाख २२ – तात्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको छ।
सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले डा।सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धी जाहेरी दर्ता गरेको जानकारी दिएको हो। उनको उजुरी दर्ता नम्बर १०४७ रहेको छ। महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।
अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए ।
तर सरकारी कार्यालयका अधिकारीले जाहेरी अध्ययनका लागि भन्दै छाडेर जानका लागि भनेका थिए ।
FACEBOOK COMMENTS