काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेर छापावाल सुन इतिहासकै महँगो भएको हो ।
यो मूल्य शुक्रबारको तुलनामा एक हजार चार रूपैयाँले बढी हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यो मूल्य पछिल्लो पटक कायम भएको रेकर्ड मूल्यभन्दा सात सय रूपैयाँ बढी हो । यसअघि कात्तिक ७ गते सुनको मूल्य एक लाख ६६ हजार सात सय पुगेको थियो । त्यसअघिका ६ दिन पनि लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
यसैगरी आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला दुई हजार ७० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढी हो ।
FACEBOOK COMMENTS