काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ८९ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ५५ मा कारोबार भइरहेको छ ।
सोमबार चाँदी तोलाको ४ हजार ५ सय ८५ मा कारोबार भएको थियो ।