काठमाडौं । गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन् ।
उनी विराटनगर हुँदै इटहरी गएका हुन् ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा हुन लागेको १५औँ केन्द्रीय पार्षदसभामा गृहमन्त्री गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
परिषद्को १५औँ केन्द्रीय पार्षदसभा शनिबार सुनसरीको इटहरीमा आयोजना हुँदैछ। गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको हो।

सभामा गुरुङ समुदायको सांस्कृतिक पहिचानको संरक्षण, भाषा तथा परम्पराको निरन्तरता र समुदायका साझा सवालबारे छलफल हुने अपेक्षा गरिएको छ।
