काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह-२०२४’ का अवसरमा सोमबार नुवाकोटमा रहेको सिद्धार्थ होटेल वाटर टावरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
गिरिराज पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला सुरक्षा समितिका सम्पूर्ण सदस्य तथा उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्षका साथै स्थानीय जनप्रतिनिधिहरू थिए ।
१०० भन्दा बढी स्थानीयहरूको सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशिक्षक एनआईएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले लगानीकर्ता सप्ताह-२०२४ को मुख्य विषयवस्तु, नेपालमा शेयर बजारको वर्तमान अवस्था, यसका चुनौती र सम्स्याबाट जोगिने उपायहरूका साथै नेपाली शेयर बजारका विभिन्न पक्षहरूका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताका व्यावहारिक पक्षबारे पनि छलफल भएको थियो भने एनआईएमबी एस क्यापिटलले प्रदान गर्ने सेवाहरूका बारेमा समेत जानकारी गराइएको थियो ।
विश्व लगानीकर्ता सप्ताह-२०२४ अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवर्द्धन गरिएको एक हप्ता लामो विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्त्वबारे चेतना जगाउन र यी दुई महत्त्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूका विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ ।
FACEBOOK COMMENTS