काठमाडौं, बैशाख २९- सरकारले पप्पुसहित विभिन्न ७ ठेकेदार तथा आपूर्ति कर्ता कम्पनीलाई कालो सुचीमा राख्ने भएको छ । निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेपछि विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारमा कालो सूचीमा पर्ने भएका हुन् ।
प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ति कम्पनीमा कालोसूचीमा राख्न लागेको हो ।कार्यालयले ति कम्पनीलाई कालो सुचीमा राख्नु नपर्नेको कारण सहित ७ दिने स्पष्टीकरण सोधेको छ ।
यस अघि पनि कार्यालयले ति कम्पनीलाई ३० दिने स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण पेश नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले पुनस् ७ दिने स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण चित्त नबुझे ति कम्पनीहरुलाई कालोसूचीमा राखिने छ ।
FACEBOOK COMMENTS