बाँके । ग्लोबल आईएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख रूपैयाँ सहयोग गरेको छ ।
ग्लोबल आईएमई बैंककी लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख संगीता सुवेदीलाई एक समारोहका बीच उक्त सहयोग हस्तान्तरण गरिन् ।
कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चमा विद्युतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं. ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरू भएको कार्यवाहक नगर प्रमुख सुवेदीले बताइन् ।
साथै बैंककी लुम्बिनी प्रदेश प्रमुख सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको बताइन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरू छनोट गरी काम गरिरहेको छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अर्वाड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक होे । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
FACEBOOK COMMENTS