काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक गुल्मी तम्घास नगरपालिका-४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारत राजस्थान श्रीढुगरगढ घर भएका ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौं महानगरपालिका-१, कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका–१६ बस्ने ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् ।
काठमाडौं महानगरपालिका-९, बत्तीसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुण्डीसम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाको सूचनाका अधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरूका साथबाट नगद २६ लाख ५० हजार रूपैयाँ र मोबाइल ५ थान बरामद गरी यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS