काठमाडौं, १५-जेठ सरकारले साना तथा मझौला उद्यमलाई कर छुटको स्किम ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडालेआगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
बजेट मार्फत वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने साना तथा मझौला उद्योग व्यवसायलाई ७५ प्रतिशतसम्म छुट, २० लाखदेखि ५० लाखसम्मको कारोबार गर्नेलाई ५० प्रतिशत छुट र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार गर्नेलाई २५ प्रतिशत कर छुटको व्यवस्था गरिएको छ । साथै यस तर्फ ७ वर्षको लागि कर छुट र महिलाले संचालन गरेका उद्यमको लागि भने १० वर्षसम्म कर छुट दिइने उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS