काठमाडाैं । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ।
सुनको मूल्यमा गत बुधबारदेखि लगातार वृद्धि भएको छ ।
बुधबार प्रतितोला पाँच सय रूपैयाँ, बिहीबार प्रतितोला आठ सय रूपैयाँ र शुक्रबार प्रतितोला आठ सय रूपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला दुई हजार एक सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले बढी हो ।
FACEBOOK COMMENTS