काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा एनएमबि बैंकको नाफा ४५.६१ प्रतिशतले बढेर २ अर्ब ३५ लाख रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज, खुद फि तथा कमिशन आम्दानी, सञ्चालन आम्दानी बढेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६९ करोड रुपैयाँ छ ।
बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी ६ रुपैयाँ ८४ पैसाबाट बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ ।
FACEBOOK COMMENTS