काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म एभरेष्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत आवको आवको सोही अवधिमा बैैंकको नाफा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ थियो । यो अवधिमा बैंकको नाफा २१.११ प्रतिशतले बढेको छ ।
यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
१२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २८ करोड रुपैयाँ छ । बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रति सेयर आम्दानी २ रुपैयाँ ९४ पैसाबाट बढेर ३२ रुपैयाँ ६ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा छ ।
FACEBOOK COMMENTS