काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । आज उनको थुनछेक बहस हुँदैछ ।
बुधबार बयान मात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्मा जमानीमा छाडिएको थियो । सोहीअनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका हुन् । यो मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ ।
पक्ष-विपक्षका वकिलहरूले बहस सकेपछि आदेश आउने छ । लामिछानेसहित २२ जनाविरूद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरूलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।
सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पूरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् ।
FACEBOOK COMMENTS