पाल्पा । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५%, आईसीयू, शल्यक्रिया तथा एक्स-रे/यूएसजीमा १०% र ल्याब टेस्टमा ५% सम्म छुट प्रदान गरिनेछ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरूमार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS