काठमाडौं, २३ जेठ – विहिवार बसेको विद्युत नियमन आयोगको ५५ औ बैठकले विद्युत नियमन आयोग अनुमति प्राप्त व्यक्ति वा आयोजना गाभिने, प्राप्ति, खरिद बिक्री, ग्रहण वा हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७७ (मस्यौदा)” का लागि याचिका गरेको छ । आयोगको बैठकले सरोकारवालाहरुसंग राय, सुझाब, प्रतिक्रिया माग गर्ने निर्णय गरेको थियो । आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकको निर्णय कार्यादेश अनुरुप आयोगले सार्वजनिक सुचना जारी गरिसकेको छ । सरोकारवालाहरुले १५) दिन भित्र आयोगको कार्यालय, सानो गौचरण, काठमाडौँमा वा आयोगको इमेल ठेगाना info@erc.gov.np मा पुग्ने गरी राय, सुझाब एवम् प्रतिक्रिया पठाउन आयोगले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS