काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला नौ सय रूपैयाँले घटेर एक लाख ५९ हजार दुई सय रूपैयाँमा किनबेच भइहेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँ थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर एक हजार आठ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५० रूपैयाँ थियो ।
FACEBOOK COMMENTS