२३ जेठ, काठमाडौं । शुक्रबार थप दुई सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै, सुर्खेतका युवकको मृत्यु कोरोना संक्रमणबाटै भएको सरकारले घोषणा गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका सुर्खेत पञ्चपुरी नगरपालिका( १ का युवकको बिहीबार मृत्यु भएको थियो । उनको मृत्युपछि गरिएको पीसीआर विधिको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
FACEBOOK COMMENTS