काठमडाैं । नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन एक हजार चार सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
FACEBOOK COMMENTS