प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिला गरी सुरू भएको हो ।
करिब चार महिनापछि प्रतिनिधि सभा बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदमा प्रतिनिधित्व रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
सरकारले हालै ल्याएका ६ वटा अध्यादेश पनि आजकै बैठकमा पेस गर्ने तयारी छ ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी ६ दलले अध्यादेशको विरोध गर्ने तयारी गरेका छन् । सत्तापक्ष भने अध्यादेशको बचाउमा छ ।
FACEBOOK COMMENTS