काठमाडाैं । नेपाल क्लियरिङ हाउस लिमिटेड ले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै आएको छ। अहिले नेपाल क्लियरिङ हाउसले विभिन्न डिजिटल भुक्तानी सेवाहरू जस्तै, विद्युतीय चेक निकासी प्रणाली, अन्तरबैंक भुक्तानी प्रणाली, एकीकृत भुक्तानी प्रणाली, – रियल टाइम ठूला भुक्तानी निवारण प्रणाली, व्यावसायिक भुक्तानी प्रणाली जस्ता प्लेटफर्महरू प्रदान गर्दै आएको छ।
हालको कनेक्ट connectIPS प्रणाली अन्तर्गत, बैंकहरूबीच भुक्तानी गर्न केहि समय लाग्न सक्छ। भविष्यमा, रियल टाइम अन्तरबैंक ट्रान्सफर सेवा सुधार गरेर तत्काल भुक्तानी सुनिश्चित गर्न सकिन्छ। यसले ई–कमर्स, अनलाइन व्यवसाय, र व्यापारिक कारोबारलाई अझ छिटो र प्रभावकारी बनाउनेछ।
क्युआरमा आधारित पेमेंट प्रणालीको विस्तार
नेपालमा त्तच् कोडमार्फत भुक्तानीको प्रयोग वृद्धि हुँदै गएको छ। अहिले विभिन्न बैंक र वालेटहरूले भुक्तानी सुविधा दिए पनि यी सबैलाई एकीकृत गर्ने NCHL ले अगाडि बढाउन सक्छ। यसले ग्राहकलाई कुनै पनि बैंक वा भुक्तानी सेवा प्रदायकबाट त्तच् भुक्तानी गर्न सजिलो बनाउनेछ।
अन्तर्राष्ट्रिय भुक्तानी सुविधा अहिले नेपाली ग्राहकहरूलाई PayPal, Stripe, वा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग गर्न सहज छैन। अन्तर्राष्ट्रिय भुक्तानी गेटवेहरूसँग समन्वय गरेर cross–border remittance and payment भलत सेवा ल्याउन सकेमा, नेपाली व्यवसायी तथा फ्रीलान्सरहरूलाई ठूलो फाइदा पुग्नेछ। नेपाल क्लियरिङ हाउसले डिजिटल भुक्तानी प्रणालीलाई विस्तार गर्न अझ धेरै नयाँ सेवाहरू ल्याउन सक्छ। तत्काल भुक्तानी प्रणाली सुधार, त्तच् कोडको एकीकरण, अन्तर्राष्ट्रिय भुक्तानी सेवा, कर तथा सरकारी भुक्तानीको स्वचालन, ब्लकचेन प्रविधिको प्रयोग, तथा गैर–बैंकिङ क्षेत्रका लागि डिजिटल पहुँच जस्ता योजनाहरू लागू भएमा नेपालमा डिजिटल अर्थतन्त्र थप सशक्त हुनेछ।
स्वतः कर र सरकारी भुक्तानी प्रणाली
हाउसले सरकारले लिने कर Tax Payment तथा अन्य सेवा शुल्कहरू स्वचालित रूपमा बैंक खाताबाट तिर्न सकिने प्रणाली ल्याउन सक्छ। अहिले connectIPS मार्फत कर भुक्तानी सम्भव छ, तर भविष्यमा यसलाई स्वचालित रूपमा बैंक खाताबाट तिर्न मिल्ने बनाइएमा ग्राहकहरूलाई अझ सजिलो हुनेछ।
हाल connectIPS बैंक खातासँग जोडिन्छ, तर यदि olb IME Pay, eSewa, Khalti जस्ता डिजिटल वालेटहरूसँग प्रत्यक्ष रूपमा प्रणाली एकीकृत गरियो भने, ग्राहकहरूले झन् सहज रूपमा भुक्तानी गर्न सक्नेछन्। नेपालमा सहकारी तथा लघुवित्त संस्थाहरूको पहुँच धेरै स्थानहरूमा छ। NCHL ले सहकारी तथा लघुवित्तलाई डिजिटल भुक्तानी प्रणालीमा जोड्ने हो भने ग्रामीण क्षेत्रका मानिसहरूले बैंक जानु नपरी डिजिटल कारोबार गर्न सक्नेछन्। भारतको UPI -Unified Payment Interface जस्तै नेपालमा एकीकृत डिजिटल भुक्तानी प्रणाली ल्याइयो भने ग्राहकले कुनै पनि बैंक वा वालेटबाट मोबाईल नम्बर, वा बैंक खाता नम्बर प्रयोग गरी तुरुन्तै भुक्तानी गर्न सक्नेछन्।
FACEBOOK COMMENTS