काठमाडौं । ताप्लेजुङमा केबलकार बनाउन हुँदैन भन्ने समूह र सुरक्षकर्मीबीच झडप भएको छ ।
झडपमा ११ सुरक्षाकर्मी र एक प्रर्दशनकारी घाइते भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । झडपमा सुरक्षाकर्मीले ७ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।
संयुक्त संघर्ष समिति नो केवलकार र केवलकार खारेज संघर्ष समितिले माथिल्लो फेदीवाट पदयात्रासहित केवलकार निमार्ण स्थल तल्लोफेदी काफ्लेपाटी देखि डडेले जान खोजेका थिए । सुरक्षाकर्मीले रोक्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेको थिए ।
निर्माणस्थलको माथिबाट ढुङगा प्रहार गर्दा भएको झडपमा नेपाल प्रहरीका ६ र सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन् । प्रर्दशनकारीको पदयात्रा अघि माथिल्लो फेदीमा कोणसभा भएको थियो । सहभागीले निर्माणस्थल पुगेर ढुंङगामुडा गर्न थालेपछि दोहोरो झडप भएको हो ।
FACEBOOK COMMENTS