काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको छ ।
यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।
आईपीओको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । सेयरमा आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS